भक्तपुर क्यान्सर अस्पतालका ४ कर्माचारी सहित भक्तपुरमा १० जनामा कोरोना संक्रमण

  • ६१३
  • मंगलवार, २३ आषाढ २०७७


भक्तपुर : भक्तपुरमा सोमवार एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै भक्तपुरमा कोरोना संक्रमितको संख्या ३८ पुगेको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिएको छ ।

सोमवार भक्तपुरमा थपिएका संक्रमितहरु मध्ये भक्तपुर क्यान्सर अस्पतालका ४ जना कर्मचारी , चाँगुनारायण नगरपालिकाका ४ जना र सूर्यविनायक नगरपालिकाका २ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

चाँगुनारायण नगरपालिकाका ४ संक्रमित मध्ये एक जना किरिया बसेकी महिला पनि कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले बताए ।। पतिको मृत्युपछि किरिया बसीरहेका बागेश्वरीका महिलामा कोरोना पुष्टि भएको उनले बताए। पतिको उपचारका लागि अस्पतालमा कुरुवा बसेकी ती महिलामा अस्पतालबाटै कोरोना संक्रमण भएको हुन सक्ने चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोम मिश्रले जानकारी दिए।

संक्रमित महिलाका पति क्यान्सर पिडित भएको र उनको उपचारका क्रममा ६ दिन अघि मृत्यु भएको थियो। संक्रमित महिला किरिया बसिरहेकाले अस्पताल भने लगिएको छैन । उनलाई घर मै राखिएको छ ।

चाँगुनारायण नगरपालिकाका थपिएका ४ मध्ये एक जना लामो समयदेखि काठमाडौंको चावहिलमा बस्दै आएका व्यक्ति भएको नगरप्रमुख मिश्रले बताए। त्यसैगरी अर्का व्यक्ति नेपाल वायुसेवा निगमका पाइलट भएको र उनी काठमाडौंको सोल्टी होटलको क्वारेन्टाइनमा बस्दै आएका छन।

चाँगुनारायणका अर्को संक्रमित पाटन अस्पतालमा उपचार गराइरहेका बिरामी भएको नगरप्रमुख मिश्रले जानकारी दिए। त्यसैगरी भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत थप चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि पनि सो अस्पतालको डे केयर युनिटमा कार्यरत एक महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो। क्यान्सर अस्पतालमा कार्यरत ४ संक्रमित कर्मचारीहरु मध्ये तीन जना भक्तपुर नगरपालिकाका बासिन्दा हुन।

संक्रमितहरु भक्तपुर नगरपालिका वडा नं। २ इताछें बस्ने २४ वर्षिय युवक, ब्यासीका २९ वर्षिय र वडा नम्बर ९ च्याम्हासिंह बस्ने ३३ वर्षिया युवती हुन। त्यसैगरी एक जना उपत्यका बाहिर स्थायी घर भई भक्तपुर डेरा गरी बस्ने महिला भएको जनाएको छ। क्यान्सर अस्पतालमा कर्माचारी मा संक्रमण देखिएपछि अस्पतालको सेवा दिन वा रोक्ने भन्ने विषयमा छलफल भइरहेको अस्पताल प्रसाशनले जनाएको छ ।

अस्पतालले ६ जना चिकित्सक र ४ जना ल्याव का कर्माचारीलाई होम क्वारेन्टिन मा राखेको जनाएको छ । सूर्यविनायक नगरपालिकाका दुई जना मध्ये एक जना बालकोट र अर्को सल्लाघारीको भन्ने जानकारी आए पनि अन्य विस्तृत विवरण आउन बाँकी रहेको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले बताए। संक्रमितहरुको बसोबास स्थल सिल गरेर कन्ट्याक्ट ट्रेसिङको कार्य थालिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.