आज थपिए २०४ कोरोना संक्रमित (कुन जिल्ला मा कति थपिए )

  • १२३
  • मंगलवार, २३ आषाढ २०७७


काठमाडौं: नेपालमा मंगलबार थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा झापाका एकजना र सुनसरीका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ६ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराज प्रयोगशालामा सप्तरीका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ८ जना र महोत्तरीका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ११ जना, बैतडीका ११ जना, डोटीका ७ जना, गोरखाका एकजना, काठमाडौंका एकजना र सिन्धुलीका एकजना संक्रमित भएका छन् ।

यस्तै कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका २ जना, धुलिखेल अस्पतालको प्रयोगशालामा बाजुराका ५४ जना, सिन्धुपाल्चोकका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा धादिङका एकजना, भक्तपुरका ४ जना, गोरखाका २ जना, कास्कीका एकजना, काठमाडौंका १२ जना, ललितपुरका १० जना, लमजुङका एकजना, नुवाकोटका एकजना, पर्सा, छामेराप, रुपन्देही र सप्तरीका एक(एक जना, सर्लाहीका ३ जना, सुनसरी, रुकुम पश्चिम र मकवानपुरका एक(एक जना संक्रमित छन् ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा तनहुँका २ जना र बाग्लुङका एकजन, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका ८ जना कपिलवस्तुका एकजना, नवलपरासीका ५ जना र पाल्पाका २ जना संक्रमित छन् ।

यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा दाङका ३ जना, रुकुमपश्चिमा ४ जना, रुकुम पुर्वका एकजना, बर्दियाका २ जना र सल्यानका ५ जना संक्रमित भएका छन् ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुर्खेतका ३ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुराका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.