कोरोना महामारी नियन्त्रणमा केन्द्र र प्रदेश सरकारले प्रभावकारी काम गर्न सकेनः मदन सुन्दर श्रेष्ठ

  • १३२
  • बिहीवार, २५ आषाढ २०७७


भक्तपुरः मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले कोरोना महामारी नियन्त्रणमा केन्द्र र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् ।
कोरोना महामारीमा पनि सरकारले खरिद गरेको कोरोना परीक्षण किटमा लापरवाही हुन र लकडाउन गर्दा महामारी घट्नु पर्नेमा झनै बढ्नुले सरकारको काममा प्रभावकारीता नदेखिएको उनको भनाई थियो ।

नेपाल प्रेस युनियनले भक्तपुर शाखाको आयोजनामा कोरोना महामारीको वर्तमान अवस्थामा प्रेसका भुमिका बिषयक कार्यशालाको उद्घाटन समारोहमा बोल्दै प्रमुख श्रेष्ठले उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाइ नगर्दा कोरोना संक्रमण फैलिएको बताए ।

 


मन्त्री र सभासदहरुले नै गाडीमा राखेर उपत्यका बाहिरवाट आफना मान्छे ल्याउने गरेकै कारण उपत्यकामा कोरोना संक्रमण फैलिएको उनको भनाई थियो ।
लामो समयदेखिको लकडाउनको कारण जनताको आर्थिक अवस्था कम्जोर हुदै गएको उनले बताए । आउँदो समयमा कोरोनासँग डराएर बस्न नहुने वरु सजग भएर दैनिक क्रियाकलाप गर्दै जानुपर्ने प्रमुख श्रेष्ठले बताए ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अन्जनादेवी मधिकर्मीले लकडाउनको समयमा पनि नगरपालिकाले जनताको सेवा गर्दै राहत वितरण गरेको र संयुक्त मेश भोजन संचालन गरेको बताइन ।

मध्यपुर थिमि नगरपालिकाले कोरोना माहामारी रोकथामका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई सुविधा युक्त बनाएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धमेन्द्र झाले कोरोना महामारीका विचमा पनि प्रेसका भुमिका अहम हुने बताए । उनले महामारीमा पनि भ्रष्टाचार हुन सक्ने भन्दै पत्रकारले खोजी मुलक समाचार बनाउन पर्नेमा जोड दिए ।

कार्यक्रमा प्रेस युनियन भक्तपुरका कोषाध्यक्ष विनोद कोजूले स्वागत गरेका थिए भने नेपाल प्रेस युनियनका अध्यक्ष रोशन शिल्पकार धन्यवाद ज्ञापन गरेका थिए ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.