मध्यपुर थिमि स्थित निगु : पुखु साँस्कृतिक कार्यक्रम गरि उद्घाटन गरियो

  • ९५
  • आइतबार, २८ आषाढ २०७७


भक्तपुर । मध्यपुर थिमि स्थित निगु पुखु अर्थात दुई पोखरीको जीर्णउद्धार सम्पन्न भएको छ । लामो समय देखि मैदानमा परिणत यो पोखरीलाई मध्यपुर थिमि नगरपालिकाले जीर्णउद्धार गरि पोखरीको स्वरुपमा परिणत गरेको हो ।

दुइ पोखरीमा रहेका दुइ पोखरी मध्य मध्यपुर थिमि–४ दुईपोखरी संरक्षण तथा पुनर्निर्माणको पहिलो चरणमा एक पोखरीलाई पोखरीको स्वरुपमा ल्याई उद्घाटन गरिएको छ ।

नगरपालिकाले उपभोक्ता समिति मार्फत दुइ मध्य एक पोखरी संरक्षण तथा जीर्णउद्धार गर्न नगरपालिकाले करिब डेढ करोड रुपैयाँ लागतमा यो पोखरीलाई आफ्नै स्वरुपमा ल्याइएको भध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

दुइ पोखरी मध्य सानो पोखरीले पूर्णता पाएसँगै ठूलो पोखरी संरक्षण तथा जीर्णउद्धार कार्य समेत थालनी भएको उनले बताए । उनले भने , संरक्षण तथा पुनर्निर्माणका लागि नगरपालिकाले चालू आर्थिक वर्ष ०७६(७७ मा १ करोड २५ लाख रुपैयाँ र वाग्मती प्रदेशले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । यो पोखरीलाई जीर्णउद्धार गरि पुरानै स्वरुपमा ल्याउन उपभोक्ता समिति समेत गठन गरिसकेको छ ।

मध्यपुर थिमि इनाय टोलको राजगणेशदेखि दिगुभैरव भैरव मन्दिरसम्मको आकाशे पानी संकलन गर्ने र संकलित पानी दुई स्थानमा प्रशोधन गरि पोखरी सम्म लाने प्रक्रिया मिलाइएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

यो क्षेत्रलाई मध्यपुु थिमिको प्रमुख साँस्कृति केन्द्रका रुपमा बिस्तार गर्ने योजना सहित काम थालिनी गरिएको र तीन वर्षको अवधिमा दुवै पोखरीलाइ पुरानै स्वरुपमा ल्याउनुका साथै पैदल मार्ग निर्माण, ८ वटा फल्चा आर्थत पाटी निर्माण गरि व्यवस्थित गर्ने लक्ष्यका साथ काम गरिने प्रमुख श्रेष्ठले बताए ।

तिब्र शहरीकरण र मानब अतिक्रमणको चपेटाको शिकार बन्दै गएका यी लगाएत यस्ता सम्पदाहरुको संरक्षणको अभाव खड्कि रहेका बेला मन्दिर ,पाटि, पौवा, सत्तल, पोखरी लगाएत सम्पदाको संरक्षण र प्रर्वदनमा मध्यपुर नगरपालिकाले खेलको भूमिकाकै कारण अस्तित्व मात्र जोगाउने काम नभएर पुरानै स्वरुपमा नियाल्न सकिएको स्थानीयहरु बताउँछन् ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.