पासालिकको ह्याट्रिकमा एटलान्टाको फराकिलो जित

  • ७६
  • बुधबार, ३१ आषाढ २०७७


एजेन्सी । मारियो पासालिकको ह्याट्रिकको मद्दतले एटलेन्टाले सिरी ए फुटबलमा फराकिलो जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा एटलान्टाले ब्रेसियामाथि ६(२ को फराकिलो जित निकालेको हो ।

खेलको दोस्रो मिनेटमा नै पासालिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले रुस्लान रमालिनोभ्स्कीको पासमा गोल गर्दै १-० गोलको अग्रता दिलाए । आठौं मिनेटमा ब्रेसियाका एर्नेस्टो टोरेग्रोसाले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।


२५ औं मिनेटमा मर्टिन डि रुनले गोल गर्दै एटलान्टालाई पुनः २-१ को अग्रता दिलाए । २८ औं मिनेटमा रुस्लान मालिनोभ्स्कीले गोल गरे । त्यस्तै ३० औं मिनेटमा डुभान जापटाले गोल गरेपछि एटलान्टाले पहिलो हाफमा ४-१ गोलको अग्रता बनाएको थियो ।

त्यसपछि दोस्रो हाफमा पासालिकले थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । उनले ५५ औं र ५८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । उनको ह्याट्रिकसँगै एटलान्टाले ६-१ गोलको अग्रता लिएको थियो । ८३ औं मिनेटमा ब्रेसियाका निकोलस स्पालिकले एक गोल फर्काउँदै खेललाई ६-२ को स्थितिमा ल्याए । त्यसपछि थप गोल हुन नसक्दा खेलमा एटलान्टाले ६-२ को फराकिलो जित निकालेको हो ।

जितसँगै एटलान्टा सिरी ए को दोस्रो स्थानमा उक्लिएको छ । एटलान्टाको ३३ खेलबाट ७० अंक छ । पराजित ब्रेसिया २१ अंक जोडेर १९औं स्थानमा छ ।

 

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.