भक्तपुरमा धमाधम पक्राउ पर्दै फरार अभियुक्त , पछिल्लो १५ दिनमा फरार ५ अभियुक्त पक्राउ

  • १७२
  • बिहीवार, ८ साउन २०७७


भक्तपुर। भक्तपुरमा पछिल्लो १५ दिनमा अदालतले सजाय तोकी फरार रहेका ५ जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

अदालतले सजाय तोकेको तर फरार रहेका बैकिङ कसुर अन्र्तगत दुई जना, चोरी मद्दामा दुई जना र बहुबिवाह मुद्दामा एक जनालाई प्रहरीले पक्राउ गरेको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारा देवी थापाले जानकारी दिईन् ।

अदालतले सजाय तोेकेका तर फरार रहेका अभियुक्तहरुको खोजी कार्यलाई तिव्रता दिएको उनले बताईन् ।

बैकिङ कसुरमा फरार रहेका भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं। ५ बासु टोल बस्ने भुपेन्द्र गोराजुलाई असार २३ गते र सुर्यबिनायक नगरपालिका वडा नं। ५ सल्लाघारी बस्ने मधुराम प्रधानाङलाई साउन ५ गते पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

 


त्यस्तै, प्रहरी परिसरका अनुसार चोरी मुद्दामा फरार रहेका भक्तपुर नगरपालिका वडा नं। ९ कमलबिनायक बस्ने सुमन भन्ने एकादशी प्याठलाई साउन ५ गते र काभ्रे नाग्रेगर्चे गा।वि।स।वडा नं। ९ घर भई हाल भक्तपुर नगरपालिका वडा नं।२ बस्ने राम बहादुर भन्ने कृष्ण बहादुर प्रधानलाई साउन ६ गते पक्राउ गरिएको छ ।

यसैगरि बहुबिवाह मद्दामा भक्तपुर नगरपालिका वडा नं। ९ तौलाछें बस्ने सबिन प्रजापतिलाई साउन ६ गते पक्राउ गरि कारवाहिका लागि अदालतमा उपस्थित गराईएको प्रहरी परिसरले जनाएको छ ।

प्रहरी परिसरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार कृष्ण गोपाल राजलवटको जाहेरीले गोराजुलाई उच्च अदालत पाटनको मिति २०७५ चैत २४ गतेको फैसलाले ५० लाख रुपैयाँ जरिवाना र २ महिना कैद फैसला सुनाएको थियो । यस्तै, प्रतिभा नायभा श्रेष्ठको जाहेरीले प्रधानाङ्गलाई भक्तपुर जिल्ला अदालतबाट मिति २०७६ माघ २७ गते ५ दिन कैद र ६ लाख ९६ हजार एक सय जरिवाना फैसला सुनाएको थियो ।

पक्राउ परेका गोराजु र प्रधानाङ्गलाई जिल्ला अदालत भक्तपुर पेश गरिएकोमा फैसला कार्यान्वयनको लागि केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धारा काठमाडौं पठाईएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

यसैगरी, प्रहरी नायब उपरीक्षक गिरीका अनुसार बिश्वराम लवजुको जाहेरीले प्याठलाई नकबजनी चोरी मुद्दामा भक्तपुर जिल्ला अदालतबाट मिति २०७६ माघ २७ गते एघार हजार जरिवाना फैसला सुनाएको थियो । यस्तै, प्रेमलाल भडेल, अमिता ब्यान्जु, मनमाया माकजुको जाहेरीले प्रधानलाई चोरी मुद्दामा भक्तपुर जिल्ला अदालतबाट मिति २०७४ चैत १५ गते ६ वर्ष ९ महिना २५ दिन कैद र ७४ हजार १९७ रुपैयाँ जरिवाना फैसला सुनाएको थियो ।

प्याठलाई फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेश गरेकोमा जरिवाना तिराई छोडेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । पक्राउ परेका प्रधानलाई भने भक्तपुर जिल्ला अदालतमा पेश गरेकोमा फैसला कार्यान्वयनको लागी केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाईएको छ ।

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार मुना शिल्पकारको जाहेरीले प्रजापतिलाई बहुबिवाह मुद्दामा भक्तपुर जिल्ला अदालतबाट मिति २०७६ जेठ २ गते १ बर्ष ५ महिना १० दिन कैद र १५ हजार जरिवाना फैसला सुनाएको थियो । पक्राउ परेका प्रजापतिलाई जिल्ला अदालत भक्तपुर पेश गरिएकोमा फैसला कार्यान्वयनको लागि केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धारा काठमाडौं पठाईएको छ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.