भक्तपुर । भक्तपुरमा आज दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
चाँगुनारायण नगरपालिका–१ का ४८ वर्षीय पुरुष र चाँगुनारायण नगरपालिका–७ का ३५ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए ।
उनका अनुसार ४८ वर्षीय पुरुष कतारबाट नेपाल आएका र ३५ वर्षीय पुरुष काठमाडौं नक्सालमा कार्यरत नेपाल प्रहरी रहेका छन् ।