विजेन्द्र पुँलाछेंले करिब ९० हजार रुपैयाँ पर्ने खँ म्ये नवदुर्गा मन्दिरमा चढाए

  • ३०१
  • शुक्रबार, ९ साउन २०७७

फाईल फोटो

भक्तपुर । विजया दशमीको अन्र्तगत महानवमीको साँझ नवदुर्गा मन्दिरबाट ख म्ये दौडाउन भक्तपुर नगरपालिका वडा नं ९ स्थित नवदुर्गा मन्दिरमा बिहीबार खँ: म्ये बाँधिएको छ । यसवर्ष भक्तपुर नगरपालिका २ बालाखु निवासी विजेन्द्र पुँलाछेंले करिब ९० हजार रुपैयाँ पर्ने खँ:म्ये नवदुर्गा मन्दिरमा चढाएका हुन । 

जात्राको विधानअनुसार गाथामोग चतुर्दशीको दिन नवदुर्गा मन्दिरमा खःमेय् बाँध्ने किलामा डोरी बाँध्नुपर्ने प्रचलन छ ।

नवदुर्गा मन्दिरमा खँ म्ये चढाउन पँुलाछेंको पालो ५ औं बर्षमा आएको हो । उनले चार बर्ष अगाडी नै मन्दिरमा खँ म्ये चढाउने भाकल गरेका थिए ।


नेपालभाषामा खःमेय् भनेको निख्खर कालो राँगो हो । सोही निख्खर कालो राँगोलाई दौडाएर गरिने जात्रालाई स्थानीय नेपालभाषामा खःमेय् ब्वाकेगु जात्रा भनिन्छ ।


नवदुर्गामा ल्याइएको खःमेय् मन्दिरकी नकीं न्हुछेमाया बनमालाले स्वागत गर्दै पूजाआजा गरेकी छन् । नकीं न्हुछेमायाले नै अब दसैंको नवमीसम्म उक्त खःमेय्को रेखदेख तथा हेरचाह गर्नेछिन् ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.