काठमाडौं । नेपालमा शुक्रबार थप १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
नेपालमा हाल ५ हजार ३ सय ८३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा कोरोना संक्रमणवाट आज थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै कोरोना संक्रमण वाट नेपालमा ४४ जनाको मृत्यु भएको छ ।