काठमाडौं : नेपालमा शुक्रबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ ।
पर्साकी८५ वर्षीया वृद्धाको कोरोनाले मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा- जागेश्वर गौतमले जनाकारी दिए
गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज महानगरपालिका- ११ की ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएको हो
मन्त्रालयका अनुसार उनी मुटुका रोगी थिइन् । केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् । साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बिहीबार गण्डक अस्पतालमा ल्याइएको थियो ।