विश्वभर १ करोड ७१ लाखभन्दा बढीमा संक्रमण

  • ५९
  • बिहीवार, १५ साउन २०७७


काठमाडौं। विश्वभर १ करोड ७१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

एकै दिन २ लाख ८४ हजार ३२८ जनामा संक्रमण देखिएको छ । विश्वभर संक्रमित हुनेको संख्या १ करोड ७१ लाख ७० हजार ८२६ पुगेको छ

निको हुने संक्रमितको संख्या १ करोड ६ लाख ८० हजार १२९ छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ७६८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ६९ हजार २४० पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ५२३ जनाको मृत्यु भएको छ । २८ लाख ३२ हजार ७८५ जना संक्रमित भएकोमा १७ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख १३ हजार ९१९ जनाको मृत्यु भएको छ ।

 

। संक्रमितको संख्या ५३ लाख ४२ हजार ९८० पुगेको छ । त्यसमध्ये २७ लाख २७ हजार ८३० जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा ९४ हजार २४ जनाको मृत्यु भएको छ । ४१ लाख २७ हजार ८५ जना संक्रमित भएकोमा २९ लाख ९७ हजार ८३६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३९ हजार ४८४ जनाको मृत्यु भएको छ । ३९ लाख ४५ हजार ६ जना संक्रमित भएकोमा २६ लाख ८८ हजार ३०७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १८ हजार ९०० जनाको ज्यान गएको छ भने ८ लाख ९४ हजार ३५३ संक्रमित छन् । संक्रमितमध्ये ५ लाख ४३ हजार ४९८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा १९९ जनाको मृत्यु भएको छ । १७ हजार ३१३ जना संक्रमित भएकोमा ११ हजार ५६ जना संक्रमणमुक्त भएका छन् ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.