भक्तपुरका ९ सहित काठमाडौं उपत्यकामा थपिए ९८ कोरोना संक्रमित

  • २५९
  • शनिबार, ३१ साउन २०७७


काठमाडौं। काठमाडौं उपत्यकामा आज थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा आज थप ९८ जनामा कोरोना भाइरस संक्रमण देखिएको बताएका हुन् ।

काठमाडौंका ८०, ललितपुरका ९ र भक्तपुरका ९ जनामा संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौंका २४ जना, वीर अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ र काठमाडौंका ३ जना, वी एण्ड वी अस्पतालमा गरिएको परिक्षणमा ललितपुरका १ तथा नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 


यस्तै, स्टार अस्पताल सानेपामा गरिएको परिक्षण काठमाडौंका १० र ललितपुरका ७, नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका ८ जना र काठमाडौंका ४, विध ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका १० र ललितपुरका १, विरेन्द्र अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ३ तथा सूर्य हेल्थ केयरमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.