उपत्यकामा १५ दिन कर्फ्यू लगाउ : मदनसुन्दर श्रेष्ठ

  • ३१२
  • बुधबार, १७ भाद्र २०७७


काठमाडौं । काठमाडौं उपत्यमा कोरोना संक्रमितको संख्याको बढ्दो दरलाई नियाल्दै कर्फ्यू लगाउने पर्ने बताएका छन् ।

उपत्यका नगरपालिका मेयर फोरमले कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडाइ गर्नुपर्ने बताएको हो ।

मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यू आदेश जारी गर्न सुझाव दिएको बताए।

सचिव श्रेष्ठले केही दिन अत्यावस्यक सामग्री किनमेलका लागि सहज बनाई थप १५ दिन कर्फ्यू आदेश जारी गरेमात्रै कोभिड १९ संक्रमणलाई नियन्त्रणमा लिन सकिने बताए।

अहिले १५ दिनसम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझैपनि मानिसहरु बाहिर निस्कने काम भइराखेकाले यसलाई रोकेर संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा लिन कर्फ्यू नै उत्तम विकल्प भएको उनको भनाइ छ।

कोभिड १९ संक्रमण समुदाय स्तरमा फैलिइसकेको अवस्थामा मानिसहरुको आवागमनलाई पूर्ण रुपमा निषेध नगरीकन नियन्त्रणमा लिन कठिन हुने पनि उनले बताए।

कडा खालको निषेधाज्ञाबाट विपन्न वर्गहरुमा समस्या पर्नेतर्फ उपत्यका नगरपालिका मेयर फोरम सचेत रहेको पनि उनको तर्क छ।त्यसका लागि आफू बसेको वडा कार्यालयमा सम्पर्क गरे सहजै राहत उपलब्ध हुने पनि श्रेष्ठले बताए।

श्रेष्ठले भने, हामिले बिगत देखि नै सरोकारवाला निकायहरुलाई यस्तो स्थिति आउन सक्ने तर्फ बारम्बार घच्चघचाट गरेका थियौं तर त्यस तर्फ सुनवाई हुन सकेन । अव पनि बेलैमा बुद्धि नपुराउने हो भने उपत्यकामा कोरोनाले बिकराल रुप लिन सक्छ । निषेधाज्ञा अवधिमा उपत्यकाभर ३४८९२ पिसिआर परिक्षण गरिएको र अझै पनि संक्रमित सम्र्पकमा नआएको अवस्थालाई मध्यनजर गर्दै कर्फ्यूको बाटो सुझाएका हौं ।

निषेधाज्ञाको समयमा मानिसहरुको चहलपहल न्यून देखिएता पनि पूर्णरुपमा निषेधाज्ञाको पालना नहुनु र संक्रमित सम्पर्कमा नआउनु वा ल्याउन नसकेको अवस्थालई ध्यान दिँदै सरकारले उपत्यकाम कोरोना नियन्त्रण गर्न सक्ने एक मात्र उपाए अव कर्फ्यू बाहेक अर्को बिकल्प नरहेको उनले बताए । उनले भेन कर्फ्यूको समय अवधिभर एक घर एक पिसिआर गर्न तर्फ लाग्नु पर्दछ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.