कोरोना संक्रमणबाट भक्तपुरका १ सहित थप ६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २५७ पुग्यो

  • १२७
  • बिहीवार, १८ भाद्र २०७७


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २५७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङमा जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र २ पुरुषको मृत्यु भएको छ । जसमा चितवन र भक्तपुरकी ४० वर्षीया २ महिला, तनहुँकी ९२ वर्षीया महिला र रुपन्देहीकी ७७ वर्षकी महिला छन् ।

त्यसैगरी सिन्धुपाल्चोकका ७७ वर्षका एक पुरुष र रुपन्देहीका ६५ वर्षका पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.