स्वास्थ्यकर्मी सहित २१ जनामा कोरोना भाइरस देखिएपछि भक्तपुरको सिद्धि स्मृति अस्पतालको सेवा बन्द

  • २१५
  • मंगलवार, ३० भाद्र २०७७


भक्तपुर । अस्पतालमा कार्यरत २१ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमित भएपछि भक्तपुर सिद्धिस्मृती महिला तथा बालवालिका अस्पतालको सेवा बन्द भएको छ ।
भक्तपुरमा नगरपालिका ७ स्थित भेलुखेलमा रहेको अस्पतालकामा कार्यरत नर्र्स, चिकित्सक तथा कर्माचारी गरि ३९ जनाको धुलिखेल अस्पतालमा भाइरस परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएपछि अस्पतालको सम्पुर्ण सेवा बन्द गरेको निर्देशक श्यामसुन्दर धौभडेलले जानकारी दिए ।

अग्रभागमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीहरुको परीक्षण गर्दा भाइरस देखिएको निर्देशक धौभडेलले बताए ।

अस्पतालको सेवा बन्द हुदाँ गर्भवती, सुन्केरी महिला र बालबालिका प्रभावित भएका छन । यस अस्पतालमा स्वास्थ्यकर्मी र कर्माचारी गरि १ सय ५० जना कार्यरत छन ।
संक्रमितहरु मध्ये १८ जनालाई खरिपाटीको आइसोलेसन केन्द्रमा राखिएको छ भने तीन जना होम आइसोलेसनमा छन ।


संक्रमितहरु सँग कुनै पनि लक्षण नदेखिएकाले पुन परीक्षणका लागि टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा स्वाव पठाएको निर्देशक धौभडेलले बताए । पुन ः परीक्षणको रिर्पोटको आधारमा मात्रै अस्पतालले सेवा दिने निर्देशक धौभडेलको भनाई छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.