नेपालमा पछिल्लो २४ घण्टामा थपिए १४५९ कोरोना संक्रमित

  • ८३
  • मंगलवार, ३० भाद्र २०७७


काठमाडौं । नेपालमा कोरोना भाइरसका थप एक हजार ४५९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ४५९ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ ।


पछिल्लो २४ घण्टामा एक हजार ६२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४० हजार ६३८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव ०५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ६१ हजार ७८० जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार १३९ जना र होम आइसोलेसनमा ७ हजार ६४० जना रहेका छन् । आजसम्म देशभर ७ हजार २५० जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर २८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । बागमती प्रदेशमा १२३ जना छन् ।

यससँगै कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.