पछिल्लो २४ घण्टामा एक हजार ५३९ कोरोना संक्रमित थपिए,संक्रमितको संख्या ५८ हजार ३२७ पुग्यो

  • ९७
  • बुधबार, ३१ भाद्र २०७७


काठमाडौं । नेपालमा आज कोरोना भाइरसका थप एक हजार ५३९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५३९ संक्रमित थपिएका हुन् ।
यो सँगै कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ ।


पछिल्लो २४ घण्टामा एक हजार ६८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४१ हजार ७०६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव ०५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ४९४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ७२ हजार २७४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार ५४१ जना र होम आइसोलेसनमा ७ हजार ७०१ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ८२० जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर २६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.