सामूहिक बलात्कारको घटना २५ हजारमा मिलापत्र, युवतीद्वारा आत्महत्या

  • १११
  • बुधबार, ३१ भाद्र २०७७


काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका ७, ब्रह्‍मापुरका १८ वर्षीया युवतीमाथि भएको सामूहिक बलात्कारको घटना २५ हजार रुपैयाँमा मिलाउन खोजेपछि युवतीले आत्महत्या गरेकी छन् ।

भदौ २९ गते बिहान ९ बजेतिर खेतमा घाँस काट्न गएको बेला गाउँका दुई युवाले मण्डल थरकी युवतीमाथि सामूहिक बलात्कार गरेका थिए । बलात्कारजस्तो जघन्य अपराधमा कानुनी उपचार खोज्‍नुको साटो गाउँका अगुवाहरुले २५ हजार रुपैयाँमा कुरा मिलाएका थिए । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले भने, “सुरुमा यो घटना प्रहरीमा आएन । गाउँमा २५ हजारमा मिलाइएको रहेछ । तर २९ गते राति बलात्कृत युवतीले घरभित्र झुन्डिएर आत्महत्या गरिन् । प्रहरी कारण खोतल्दा बलात्कार भएको पाइयो ।”


घटना सार्वजनिक भएपछि सत्रुघन मण्डलको घरमा बसेर पीडक र पीडित पक्षलाई राखेर छलफल २५-२५ हजार रुपैयाँ पीडकले पीडित पक्षलाई दिने सहमति भएको थियो । प्रहरीका अनुसार पीडित युवती भने मिलापत्रका लागि सहमत भएकी थिइनन् । उनको इच्छाविपरीत मिलापत्र भएपछि उनले आत्महत्याको बाटो रोजेको खुलेको छ ।

डीआईजी सिंहका अनुसार पीडितलाई त्रास देखाएर मिलापत्र गराउने कार्यमा संग्लन जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डल पक्राउ परेका छन् । बलात्कारमा संग्लन दुईजनाको खोजी जारी छ । पक्राउ परेकाहरुलाई बलात्कार मतियार र आत्महत्या दुरुत्साहन मुद्दा चलाइने डीआईजी सिंहले बताए । बाह्खरीवाट

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.