भक्तपुर सामुहिक हत्या प्रकरण : यस्तो छ पोस्टमार्टम रिपोर्ट

  • ४८४
  • बुधबार, ३१ भाद्र २०७७


काठमाडौं। भक्तपुरको सामूहिक हत्या प्रकरणमा घरमुली सुदीप अधिकारीले पत्नी र छोराको हत्या गरेर आत्महत्या गरेको प्रहरीको आशंकालाई पोस्टमार्टम रिपोर्टले बल पुर्‍याएको छ ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित निकोसेरामा ३६ वर्षीय सुदीप अधिकारी, उनकी पत्नी ३४ वर्षीय सम्झना र छोरा १५ वर्षीय सुशान्तको २६ भदौमा घरभित्रै शव भेटिएको थियो ।

पोस्टमार्टम रिपोर्टले आमाछोराको धारिलो हतियार प्रहारबाट मृत्यु भएको निष्कर्ष निकालेको छ ।

काठमाडौं मेडिकल कलेज, दुवाकोटमा गरिएको पोष्टमार्टमले पनि त्यही देखाएको छ ।

सम्झनाको मृत्युको कारणमा ‘बल्ट फोर्स इन्जुरी अन हेड’ भनिएको छ । साथमा टाउकोमा तीन पटक छुरा प्रहार भएको रिपोर्टमा उल्लेख छ ।

छोराको भने घाँटी रेटेको पाइएको छ । अनुसन्धान अधिकृतहरुका अनुसार छोरा १५ वर्षीय सुशान्तको भने हत्याअघि संघर्ष भएको हुनसक्ने देखिएको छ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.