शिल्पामाथि आइलाग्यो ठूलो आपत !

  • १११
  • मंगलवार, ६ आश्विन २०७७

बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राविरुद्ध ठगीको आरोपमा प्रहरीमा उजुरी परेको छ।

समाचारअनुसार दुवैविरुद्ध सुनको अफर प्रकरणमा एक लगानीकर्ताले ठगीको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन्।

एनआरआई सचिन जोशीले खार पुलिसमा हालै शिल्पा दम्पतीविरुद्ध उजुरी दिएका हुन्। उजुरीमा शिल्पा दम्पती आबद्ध सतयुग गोल्ड प्रालिले ठगेको जोशीले आरोप लगाएका छन्।

अभिनेत्री शिल्पाले आरोप झुटो र आधारहीन भन्दै खण्डनसमेत गरेकी छन्। ‘सत्य चाँडै बाहिर आउनेछ’, उनले भनिन्, ‘सतयुग गोल्ड प्रालिले समयमा आफ्ना उपभोक्ताको अर्डर पूरा गर्छ। हामीले एक किलो सुन डिपोजिट पनि गरेका थियौं। बरु त्यसको पैसा सचिन जोशीले तिर्न बाँकी छ।’

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.