नेकपा बैठक : संवैधानिक आयोगमा छिटो पदपूर्ति गर्न सरकारलाई आग्रह

  • ९८
  • मंगलवार, ६ आश्विन २०७७


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्री हेरफेर र संवैधानिक निकायमा सिफारिस गर्न निश्चित मापदण्ड गर्न प्रस्ताव गरेको थियो । मंगलबार सकिएको बैठकले मापदण्ड तय नगरी संवैधानिक निकायमा रिक्त रहेको करिब ४० पद यथाशीघ्र पूर्ति गर्न प्रधानमन्त्रीलाई निर्देशन मात्रै दिएको छ ।

बैठकले पार्टी एकता–एकीकरणको काम टुङ्ग्याउने सन्दर्भमा १० दिनभित्र ठोस कार्ययोजना–प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलसमेतलाई जिम्मेवारी दिएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले तत्काल संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले संवैधानिक आयोगमा तत्काल पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको उनको भनाइ छ ।


प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदमापूर्ति हुन नसकेको आरोप लगाइरहँदा सत्तारुढ दलले पनि पदपूर्तिका लागि आग्रह गरेको हो ।


नेकपामा विधानको धारा १८ (घ) २ मा व्यवस्था भएको पोलिटब्युरो गठन हुन बाँकी छ । स्थायी कमिटी सदस्यसहित कुल केन्द्रीय सदस्यको एक तिहाइ नबढ्नेगरी नेकपाले पोलिटब्युरो गठन गर्न सक्नेछ । नेकपामा ४४१ सदस्यीय केन्द्रीय कमिटी छ ।

जनसंगठनहरूले पनि पूर्णता पाउन सकेका छैनन् । अनुशासन, लेखा, निर्वाचन आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्, विभाग, प्रवास समन्वय कमिटी, विशेष कमिटीहरूले पनि पूर्णता पाउन बाँकी छ । भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकले असोज महिनाभित्र एकता–एकीकरणका काम सक्ने निर्णय गरेको थियो ।

 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले संवैधानिक निकायमा संविधानले तोकेको मापदण्डको अधीनमा रहेर नियुक्ति, सिफारिस प्रक्रिया अघि बढाउने बैठकले निर्देशन दिएको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.