कोरोना संक्रमणबाट भक्तपुरका २ सहित थप १७ जनाको मृत्यु

  • २३६
  • बिहीवार, ८ आश्विन २०७७


काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा मोरङकी ५५ वर्षीया एक महिला, सुनसरीकी ८१ वर्षीया एक महिला, काठमाडौंकी ८२ वर्षीया एक महिला, भक्तपुरकी ७३ वर्षीया एक महिला र धादिङकी ३२ वर्षीया एक महिला रहेका छन् भने झापाका ७८ वर्षीय एक पुरुष, धनुषाका ६८ र ७० वर्षीय दुई पुरुष, रौतहटका ६५ वर्षीय एक पुरुष, काठमाडौंका ७५, ७९ र ८० वर्षीय तीन पुरुष, भक्तपुरका ८४ वर्षीय एक पुरुष, तनहुँका ३९ वर्षीय एक पुरुष, दाङका ३९ वर्षीय एक पुरुष, कपिलवस्तुका ५० वर्षीय एक पुरुष र नवलपरासीका ५५ वर्षीय एक पुरुष रहेका छन् ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.