१ हजार ४९७ जनामा कोरोना संक्मित कुन कुन जिल्लामा थपिए( विवरण सहित)

  • ६२
  • बिहीवार, ८ आश्विन २०७७


काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ६८ हजार ३०१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ५१३ जना महिला र ९८४ जना पुरुष गरी कूल १ हजार ४९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका २ जना, ओखलढुंगाका १२ जना, झापाका ४ जना, भोजपुरका १ जना, मोरङका ७३ जना, संखुवासभाका ३ जना र सुनसरीका १३ जना तथा प्रदेश २ का जिल्लाहरुमा धनुषाका १० जना, पर्साका २३ जना, बाराका ६ जना, महोत्तरीका ४ जना, रौतहटका ४ जना, सप्तरीका १६ जना, सर्लाहीका १ जना र सिराहाका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



यस्तै, बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ६०९ जना, काभ्रेका १२ जना, चितवनका १३७ जना, दोलखाका ३ जना, धादिङका ४ जना, नुवाकोटका ८ जना, भक्तपुरका ५१ जना, मकवानपुरका २१ जना, रामेछापका १ जना, ललितपुरका ९५ जना र सिन्धुलीका ५ जना, तथा गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ८ जना, गोरखाका ९ जना, तनहुँका १७ जना, नवलपरासी पूर्वका १४ जना, पर्वतका ६ जना, लमजुङका २ जना, वाग्लुङका १२ जना र स्याङजाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका ३ जना, कपिलवस्तुका २ जना, गुल्मीका ४ जना, दाङका ९ जना, नवलपरासीका १४ जना, पाल्पाका ४ जना, प्यूठानका ६ जना, बर्दियाका २४ जना, बाँकेका ५३ जना र रुपन्देहीका ८६ जना, कर्णाली प्रदेशका जिल्लाहरुमा दैलेखका २ जना, सल्यानका ४ र सुर्खेतका ३ जना तथा सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका १ जना, कञ्चनपुरका ४ जना, कैलालीका ४५ जना, डडेलधुराका १जना डोटीका ४ जना, दार्चुलाका १ जना र बझाङका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ४९७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार क्वारेन्टिनमा ६ हजार ५६५ जना र सक्रिय संक्रमित १८ हजार ४३७ जना रहेका छन् ।

डिस्चार्ज हुनेको कुल संख्या ५० हजार ४११ पुगेको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.