उपत्यकाबाट  दशैं र तिहार मनाउन बाहिर जानेबाट देशैभर कोरोनाले महामारीको रुप लिने : मेयर श्रेष्ठ

  • १७६
  • आइतबार, ११ आश्विन २०७७


भक्तपुर। उपत्यका नगरपालिका मेयर फोरमका सचिब मदन सुन्दर श्रेष्ठले सिंहदरबारमा कोरोना संक्रमणले दुई चार जनाको मृत्यु नभएसम्म उपत्यकामा कोरोना नियन्त्रण गर्न नसकिने बताएका छन् ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै श्रेष्ठले देशभरको संक्रमितको संख्याको आधा संख्या उपत्यकामा देखिनु र नियन्त्रणमा सरकारको लापरवाहीकै कारण सिंहदरबारमा दुई चार जनाको मृत्यु नभए सम्म उपत्यकामा कोरोना नियन्त्रण गर्न नसकिने अवस्था देखिएको बताए ।

उपत्यकामा बिगतका दिनमा बाहिरबाट संक्रमित प्रबेशको डर रहेको अवस्थाको अन्त्य भएको भन्दै कोरोनाको केन्द्र बनेको उपत्यकाबाट अब दशैं र तिहारको समयमा बाहिर जानेबाट देशैभर कोरोना संक्रमणको दर बृद्धि हुने तर्फ बेलैमा सर्तकता अपनाउन नसके यसले झन् महामारीको रुप लिने उनको दाबी छ ।



उपत्यकामा अब लकडाउन नहुने बताउँदै श्रेष्ठले संक्रिय संक्रमितको क्षेत्रको पहिचान गरि फरक खालको निषेधाज्ञा लगाउनु पर्छ अन्यथा दशैंसम्म उपत्यकामा बढ्दो संक्रमितको संख्याले लाख नाघ्ने छ ।

उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको निषेधाज्ञा कागजमै सिमित बन्दा उपत्यकामा महामारी फैलिएको उनले आरोप लगाए ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.