आज एक हजार ३५१ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ७४ हजार ७४५ पुग्यो

  • ८१
  • सोमबार, १२ आश्विन २०७७


काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ७४ हजार ७४५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ४३६ जना महिला र ९१५ जना पुरुष गरी कूल १ हजार ३५१ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका २ जना, ओखलढुंगाका १ जना, खोटाङका २ जना, झापाका २ जना, तेह्रथुमका २ जना, पाँचथरका १ जना, भोजपुरका २ जना, मोरङका ४९ जना, संखुवासभाका १ जना र सुनसरीका २० जना तथा प्रदेश २ का जिल्लाहरुमा धनुषाका २२ जना, पर्साका ७ जना, बाराका ३ जना, महोत्तरीका २५ जना, रौतहटका १ जना, सप्तरीका १० जना, सर्लाहीका ६ जना र सिराहाका ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



यस्तै, बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ६४९ जना, काभ्रेका १० जना, चितवनका १७ जना, दोलखाका १ जना, धादिङका ११ जना, नुवाकोटका ३ जना, भक्तपुरका ३६ जना, मकवानपुरका ४० जना, ललितपुरका १३२ जना, सिन्धुपाल्चोकका ७ जना र सिन्धुलीका ४ जना तथा गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ४ जना, गोरखाका ३ जना, तनहुँका १७ जना, नवलपरासी पूर्वका २० जना, पर्वतका ३ जना, लमजुङका ७ जना, वाग्लुङका १ जना र स्याङजाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका १ जना, कपिलवस्तुका ५ जना, गुल्मीका ५ जना, दाङका २ जना, नवलपरासीका ५ जना, प्यूठानका १ जना, बर्दियाका २ जना, बाँकेका १६ जना र रुपन्देहीका २० जना, कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका २ जना, जाजरकोटका २ जना, दैलेखका २ जना, सल्यानका २ जना र सुर्खेतका २९ जना तथा सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका १३ जना, कैलालीका ५० जना, बझाङका १४ जना र बैतडीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ०८० जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ३५१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार क्वारेन्टिनमा ६ हजार ३१० जना र सक्रिय संक्रमित १९ हजार ६२४ जना रहेका छन् ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.