काठमाडौं । गजलकार बिकास प्रहरको गजल "बौलाएँ म" को म्यूजिक भिडियो बजारमा आएको छ। उनको संगीत बद्ध गजलहरू मध्य यस अघि " रक्त लालीूको म्यूजिक भिडियो बजारमा आईसकेको छ भने "निसासिन्छ किन किनरु र हाँसी हाँसी "को म्यूजिक भिडियो बन्ने तरखरमा रकेका छन्।उनको गजल संग्रह क्यानभासमा तिम्रो तस्वीर प्रकाशित छ भने संग्रहको दोस्रो संस्करण पनि बजारमा आईसकेको छ। उनले गायक राज सागर सँग सहकार्य गरेर पाँवटा एकल गजल साँझको आयोजना गरिसकेका छन् भने ताथलीमा गजल उत्सब र भक्तपुर गजल विशेष पनि गरिसकेका छन्।गायक तथा संगीतकार राज सागरको स्वर तथा संगीत रहेको छ। उपेन्द्र ढकालको मुख्य भूमिका रहेकोछ। यो म्यूजिक भिडियोमा उपेन्द्र ढकालले डेब्यू गरेका हुन्। संगीत संयोजन किरण कणेलको रहेको छ। म्यूजिक भिडियोलाई रञ्जिता शिबाकोटीले निर्देशन गरेकी छन् । शिबाकोटीले ओ एस आरको अफिसियल यूट्युब च्यानल मार्फत बजारमा ल्याएको बताईन्। सह निर्देशन आकाश उखेडाले गरेका छन् भने नृत्य निर्देशन प्रख्यात घिमिरेको रहेको छ। स्क्रिप्ट लेखन सागर भट्टले गरेका छन्। निर्माण ब्यबस्थापन आषिश श्रेष्ठले गरेका छन् भने निर्माण सञ्जय भडेल र अरुण खड्काले गरेका हुन्। म्यूजिक भिडियोलाई छायाङ्कन सुजय गौतमले गरेका छन्।भिडियोको सम्पादन प्रज्वलीत पराजुलीको रहेको छ। प्रकृति खतिवडाले नायिकाको भूमिका निभाएकी छन्।यस्तै आर्शु महर्जनले सहनायक र बिनिता पाण्डे,अरुण खड्का,सागर भट्टले अतिथि कलाकारको भूमिका निभाएका छन्। गजलमा स्वार्थमा हुर्कने प्रेम सम्बन्धले दिगो रुप लिन नसक्ने देखाईएको छ।प्रेमी प्रेमीका बीच सम्बन्धमा दुर्घटनाले भयाबह रुप लिएको छ। आफ्नै आँखा अगाडि आफ्नै प्रियसीको सिउँदो भरेको कसले हेर्न सक्छ सररु यही सेरोफेरोमा मुख्य भूमिका निर्बाह गरेका उपेन्द्र ढकाल आफूलाई सम्हाल्न सक्दैनन् र बहुलाउन पुग्छन्।