काठमाडौं । व्यापारिक समूह विशाल ग्रुपले म्याद गुज्रिएका खाद्य वस्तुमा नयाँ म्याद राखेर बेच्दै आएको भेटिएको छ । गु्रपले आयात गर्दै आएको ओरियो विस्कुट, स्नीकर चकलेट, बर्नभिटा, आलु चिप्स जस्ता म्याद गुज्रिएका खाद्य वस्तुमा नयाँ म्याद राख्दै गरेको अवस्थामा प्रहरीले बिहीबार पक्राउ गरेको हो । बिहीबार महानगरीय प्रहरी अपराध महाशाखा नयाँ बानेश्वर र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अप्रेशनमा म्याद नाघेका खाद्यान्न, नयाँ म्याद राख्ने मेसिनसहित नयाँ म्याद राखिरहेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दिपक थापाले बताए ।
म्याद गु्रजिएका खाद्य वस्तुमा नयाँ म्याद राख्ने काम गरिरहेका ९ जनालाई पनि पक्राउ गरिएको छ । पक्राउ परेकाहरुमा आयन इन्टरनेशनल नामक वितरक समूहका प्रमुख बताउने रोशन बात्रासहित नयाँ म्याद टाँस्ने काममा संलग्न अन्य कर्मचारीहरु छन् । विभागले संचालक र कर्मचारीलाई नियन्त्रणमा लिइ् गोदाम सिल गराएको छ ।