काठमाडौं । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौंबाट बन्द गरिएको श्रम स्वीकृति सोमबारदेखि पुनः सुरु हुने भएको छ ।
प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी रोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको विभागले जनाएको छ ।
कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा गत बुधबारदेखि बन्द गरिएको थियो ।