काठमाडौं । कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएको तीन दिनपछि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने बित्तिकै उनले चाँडै चुनावी अभियानमा फर्कने वाचासमेत गरेका छन् । अस्पतालबाट डस्चार्ज भए पनि ह्वाइट हाउसमा उनको कोडिभको उपचार जारी रहनेछ ।
अस्पतालबाट मरिन वान हेलिकप्टरमा उनी ह्वाइट हाउस पुगेका थिए । ‘म निकै राम्रो महसुस गरिरहेको छु,’ ट्रम्पले यसअघि ट्वीट गरेका थिए, ‘कोभिडसँग नडराऊ । यसलाई तिम्रो जीवनमा हावी हुन नदेऊ ।’