कार्तिक २ गते देखि भक्तपुर जिल्लामा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा अनिस्चितकालिन बन्द (सूचनासहित)

  • १४०
  • शनिबार, १ कार्तिक २०७७


भक्तपुर। जिल्ला प्रशासन कार्यालय भक्तपुरले कात्तिक २ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

शनिबार भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकायसमेतसँगको छलफल, परामर्शपछि स्थानीय प्रशासनले अत्यावश्यक बाहेकका अन्य सेवा बन्दको निर्णय गरेको हो ।

‘कात्तिक २ देखि भक्तपुर जिल्लाभित्र अत्यावश्यक सेवाबाहेकका सार्वजनिक सेवा प्रवाह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ,’ जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भीड अत्याधिक भई संक्रमण फैलिने जोखिम रहेका कारण सो निर्णय गरिएको प्रशासनले जनाएको छ ।

 

 


शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरले भोलि आइतबारदेखि लागू हुनेगरी अत्यावश्यक बाहेकको सेवा प्रवाह स्थगित गरेको छ भने हालसम्म जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने यसबारे केही निर्णय गरेको छैन ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.