काठमाडौँ । उच्च अदालत पाटनले समिर लामा "भिटेन"लाई पक्राउ नगर्न प्रहरी प्रधान कार्यालय नक्साललाई अन्तरिम आदेश दिएको छ ।
मंगलबार मुख्य न्यायधीश नहकुल सुवेदीको एकल इजलासले गायक भिटेनलाई पक्राउ गर्नुको कारण देखाऊ आदेश जारी गर्दै प्रहरीलाई पक्राउ नगर्न भनेको हो ।
अदालतका उप(रजिस्ट्रार शम्भुप्रसाद रेग्मीले गीत संगितको विषयलाई लिएर प्रहरीलाई पक्राउ नगर्न भनेर अदालतबाट अन्तरिम आदेश भएको कान्तिपुरलाई बताए ।
र्यापर भिटेनको नयाँ र्याप गीत "पारा" गीतमा आपत्तिजनक शब्दहरु भएको भन्दै गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यलयले साइबर ब्युरोलाई निर्देशन दिएको थियो । प्रहरीले अनुसन्धान सुरु गरेपछि कात्तिक १३ गते उक्त गीत युट्युबबाट हटाइएको थियो ।
भिटनले पारा गीतमा भएका आपत्तिजनक शब्दहरु संशोधन गरेर संशोधित नयाँ म्युजिक भिडियो चाँडै नै सार्वजनिक गर्ने भन्दै केही दिनअघि विज्ञप्ति निकालेका थिए ।