२४ घण्टामा ५२२ कोरोना संक्रमित थपिए, ५७८ डिस्चार्ज

  • ५८
  • मंगलवार, २१ पौष २०७७

 

काठमाडौं. नेपालमा पछिल्लो २४ घण्टामा थप ५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १८४ जना महिला र ३३८ जना पुरुष गरी कूल ५२२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

कोरोना भाइरस ९कोभिड–१९० का कारणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८९३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५५१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १९ लाख ५७ हजार ४५४ पुगेको छ ।


मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ३४२ जना र सक्रिय संक्रमित ५ हजार २२५ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ ।

 

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.