ओलीले अब मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग मिलेर हाँस्य प्रतिष्ठान खोल्न सुझाब: पूर्वप्रधानमन्त्री झलनाथ खनाल

  • १०९
  • शनिबार, २५ पौष २०७७

भक्तपुर। नेकपा माधव–प्रचण्ड पक्षका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा आफ्नो पार्टी हो भन्नु बकवास मात्र भएको बताएका छन् ।

आज भक्तपुरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले नेकपा दुई खेमामा बिभाजन भएसँगै ओली समुहले आफ्नो समुहमा केन्द्रिय कमिटिमा ४० प्रतिशत पु¥याउन नसक्ने ओलीले पार्टी आफ्नो हो भन्नु बकवास मात्र भएको खनालले बताए । ओलीले आफ्नो पक्षमा २० प्रतिशत मात्र केन्द्रिय सदस्य पु¥याएर देखाउन नेता खनालले चुनौती दिए ।

ओलीले सूर्य चिन्ह र पार्टीको आधिकारिकता आफ्नो समुहलाई मिल्ने दाबी गरिरहेका बेला नेता खनालले निर्वाचन आयोगले बिधि र संबिधानलाई ध्यान दिँदंै आफ्नो पक्षमा रहेको बहुमत सदस्यहरुको पोल्ठोमा निर्णय गर्ने बताए ।

 


उनले प्रधानमन्त्री केपी शर्मा ओली महाठग भएको आरोप लगाएका छन् । ओलीले सुरक्षाको कारण देखाउँदै उपत्यकाभित्र भएका पार्टीको बैठकमा सहभागिता नजनाउने ओलीले उपत्यका बाहिर गएर सम्बोधन गरेका ओली महाठग भएको आरोप लगाएका हुन् ।

उनले धनगढीमा भएको प्रर्दशनलाई हाँस्यब्यङ्गको उपमा दिँदै ओलीले अब मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग मिलेर हाँस्य प्रतिष्ठान खोल्न सुझाब दिए । हालसम्म ओलीको हरेक गतिबिधि केवल हाँस्य प्रहसनका लागि मात्र उपयुक्त भएको उनले टिप्पणी गरे ।

उनले संबिधानको धज्जी उडाउँदै संसद बिघटन गरेका ओलीले आफ्नो प्रतिगमनकारी कदम सहि देखाउन धनगढी लगायतका स्थानमा शक्ति र पैसाको आडमा बिभिन्न जिल्लामा मान्छे जम्मा गरेर प्रर्दशन गरिरहको छन् ।

संबिधान लोकतन्त्र र गणतन्त्रको रक्षा गर्दै संसद पुनस्र्थापनमा नभए सम्मका लागि ओली कदमलाई बिफल पार्न आन्दोलनका कार्यक्रम जारी रहने खनालले बताए ।

ओलीले अहिले गरिरहेको गतिविधिहरुले नै एक दिन ओलीलाई जिउँदो लाश बनाउने नेता खनालको भनाई छ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.