भक्तपुरको पाण्डुबजारमा आगलागी, आगलागीबाट १२ लाख ६० हजार रुपैयाँ बराबरको क्षति

  • ६७३
  • सोमबार, २७ पौष २०७७


भक्तपुर। सुर्यबिनायक नगरपालिका–६ पाण्डुबजारमा कच्ची जस्ताको टहरामा आइतबार राति आगोलागी हुँदा १२ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

पाण्डुबजार स्थितमा रामकृष्ण चौगुठीको १ तले कच्ची जस्ताको टहरामा भोज बहादुर घिसिङले संचालन गरेको मासु पसलमा अचानक आगोलागी भई नजिकैको अन्य पसलहरुमा समेत आगलागी हुँदा सो रकम बराबरको क्षति भएको हो ।

आगलागीबाट रामकृष्ण चौगुठीको फर्निचर पसलमा रहेको दराज, टेबुल, फर्निचर बनाउने काठ र बा ७५ प ५८२४ नं को माटरसाइकल १ थान समेत जलि अन्दाजी ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने घिसिङको मासु पसलमा रहेको जिउँदो बोईलर कुखुरा २५ वटा, तयारी मासु र फ्रीज १ थान समेत पुर्ण रुपमा जलि अन्दाजी २ लाख रुपैयाँ बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।

 


उनका अनुसार नारायण साडेमियाले संचालन गरेको चिया पसलमा रहेको फ्रीज १ थान, टेबुल, कुर्सी, टिभी र अन्य सामानहरु समेत जलि अन्दाजी २ लाख रुपैयाँ, बिमल घिमिरेले संचालन गरेको फेन्सी कपडा पसलमा रहेको कपडाहरु जलि अन्दाजी ६० कजार रुपैयाँ र नरेश कर्माचार्यको कोठा समेतमा आगोलागी हुँदा कोठामा रहेका दराज, पलंग, कार्पेट, बेड बिस्तारा, लत्ता कपडा र अन्य सामान समेत जलि अन्दाजी २ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागी स्थानीय, दमकल र प्रहरी टोलीको संयुक्त सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको डिएसपी गिरी जानकारी दिए ।

अचानक बिजुलीको तार सर्ट भई उक्त आगोलागी भएको प्रारम्भिक अनुसन्धानबाट अुलेको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.