नेप्सेमा नयाँ रेर्कड : ४८ अंकले बढ्दा १० अर्ब ४४ करोडको कारोबार

  • ११३
  • आइतबार, २५ माघ २०७७


काठमाडौँ। सेयर बजार नेप्सेले नयाँ रेर्कड कायम गरेको छ । आज आइतबार नेप्से एकै दिन ४८.४७ अंकले बढेर २५ सय २४ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि ५३ अंकले बढेर ४५९२ अंकमा पुगेपश्चात नेप्सेले नयाँ रेर्कड कायम गरेको हो ।

क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ५।३० अंकले बढेको हो। दिनभरिमा ८७ हजार ६ सय ७० पटकको खरिदबिक्रीपछि आज १० अर्ब ४४ करोड १९ लाखको सेयर कारोबार भएको छ।

आज २०२ कम्पनीको १ करोड ७७ लाख कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज ३३ खर्बको बजार पुँजीकरण भएको छ। कुल १२ मध्ये तीन वटाबाहेक अन्य समूहको कारोबार सूचक हरियो छ।

आज हिमालयन डिस्टिलरीको ५३ करोडको सर्वाधिक कारोबार भएको छ। दोस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३१ करोड ७६ लाखको, तेस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सको ३१ करोड ४६ लाखको, ग्लोबल आईएमईको २९ करोडको र पाँचौँ स्थानमा रहेको छिमेक लघुवित्त विकास बैंकको २६ करोडको सेयर कारोबार भएको छ।

आज ३६ कम्पनीको ९ प्रतिशतभन्दा धेरैले सेयर मूल्य बढेको छ। ८ कम्पनीको सकारात्मक सर्किट लागेपछि लगानीकर्ताले कमाएका छन्। यसबाहेक गुमाउने लगानीकर्ताले ६।२७ प्रतिशतले गुमाएका छन्।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.