उत्तराखण्डमा हिमपहिरोः ३ नेपालीसहित १ सय १५ जना वेपत्ताको नाम सार्वजनिक

  • १२८
  • मंगलवार, २७ माघ २०७७


एजेन्सी । आइतबार भारतको उत्तराखण्डको चमौली जिल्लामा हिमनदी फुटेलगत्तै आएको बाढीमा परेर वेपत्ता हुने नेपालका ३ जनासहित १ सय १५ जनाको नाम सार्वजनिक गरिएको छ । स्थानीय प्रशासनले सोमबार वेपत्ता हुनेहरुको नाम र ठेगाना सार्वजनिक गरेको हो । वेपत्ता सूचीमा नेपालका ३ जना रहेका छन् ।


स्थानीय हाइड्रोपावरको सुरुङमा फसेका केही नेपालीहरुको भने उद्दार गरिएको छ । वेपत्ता हुने नेपालीहरुमा सोहन चौधरी, शंकर चौधरी र विष्णु मल्ल रहेका छन् । उनीहरु तीनैजना सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला, टिकापुरका वासिन्दा हुन् ।


वेपत्ता हुनेहरुमा सबैभन्दा बढी भारत उत्तर प्रदेशका वासिन्दा रहेका छन् । उत्तर प्रदेशका ४६ जना वेपत्ता भएका छन् । त्यस्तै उत्तरखण्डका ४२, झारखण्डका १३, पञ्जावका ४, बिहारका ३, नेपालका ३, पश्चिम बंगालका २, जम्मु कश्मीरका १ र ओडिसाका १ जना रहेका छन् । वेपत्ताहरुको खोजी कार्य तिव्र रुपमा भैरहेको स्थानीय प्रशासनले जनाएको छ । वेपत्ता हुने अधिकांश हाइड्रोपावरमा कार्यरत मजदूर रहेका छन् ।


यद्यपि, स्थानीय प्रशासनले १ सय १५ जनाको नाम सार्वजनिक गरेपनि २ सयभन्दा बढी व्यक्ति वेपत्ता भएको समाचार आइरहेको छ । आइतबार बिहान साढे १० बजे हिमनदी फुटेपछि ऋषिगंगा नदीमा ठूलो बाढी आएको थियो । अहिलेसम्म २० जनाभन्दा बढीको शव फेला परेको छ भने ऋषिगंगा हाइड्रोपावर लगायतका जलविद्युत आयोजनाको सुरुङमा फसेका मजदूरहरुको उद्दार कार्य तिव्र रुपमा भैरहेको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.