‘पैसाको चिन्ता नगर्नुहोस्, अस्पताल बनाउने काममा लाग्नुहोस्’

  • १३६
  • मंगलवार, २७ माघ २०७७

 

भक्तपुर । चाँगुनारायण नगरपालिकाको दुवाकोटमा प्रस्तावित वीर अस्पतालको भवन निर्माण स्थलको अर्थमन्त्री विष्णु पौडेललगायतको टोलीले अवलोकन गरेको छ ।
मंलगबार बिहान दुवाकोटमा अर्थमन्त्री पौडेल, स्वास्थ्य मन्त्री हृदेश त्रिपाठी, स्वास्थ्य राज्यमन्त्री नवराज रावत, चाँगुनारायणका नगरप्रमुख सोमप्रसाद मिश्र, विभिन्न मन्त्रालयका सचिवहरु, सडक, विद्युत, खानेपानी संस्थानलगायतका प्रतिनिधी समेत उपस्थित रहेको थियो ।
सो अवसरमा अर्थमन्त्री पौडेलले विद्युत प्राद्यिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पोल विस्तार, तार जडान र ट्रान्सफर्मर राख्ने काम तत्काल गर्न निर्देशन दिएका छन् ।
कति समय लाग्छ तपाईँलाई काम गर्न ? भन्ने अर्थमन्त्रीको प्रश्नमा प्राद्यिकरणका कार्यकारी प्रमुख शाक्यले भने ‘हामी यो आर्थिक वर्षभित्र काम सक्छौ मन्त्री ज्यू ।’
त्यस्तै सडक विभागका प्रतिनिधीलाई समेत अर्थमन्त्री पौडेले मनोहरा करिडोर हुदैं दुवाकोट आउने सडक र सल्लाघारी हुदैं वीर अस्पतालको भवन निर्माण स्थलमा सम्म आउने सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए ।
पैसाको चिन्ता गर्नुहोस्, जग्गा हामीले प्राप्त गरिसकेका छौं, तत्काल पूर्वाधार निर्माण गर्नुहोस्, अर्थमन्त्री पौडेलले भने ।
स्वास्थ्य मन्त्री त्रिपाठीले वीर अस्पताल दुवाकोटमा बन्नु भक्तपुरबासीको गौरव भएकाले सबैले साथ दिनु पर्ने बताएका छन् ।
स्वास्थ्य राज्यमन्त्री रावतले भने ‘आफु विगतदेखि भक्तपुरमा वीर अस्पताल बनाउने काममा सक्रिय हुदैं आएको र स्वास्थ्यमन्त्रीले समेत जिम्मेवारी दिनु भएको छ ।’
नगरप्रमुख मिश्रले विभिन्न निकायबीच समन्यवको अभाव हुदाँ कामको थलानी हुन नसकेको बताए ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २, ३ र ४ करिब ५ सय ७० रोपनी क्षेत्रफलमा वीर अस्पतालको भवन बनाउने तयारी भएपनि डीपीआर समेत तयार हुन् सकिरहेको छैन् ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.