काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले जनताको पीडामा आफ्नो आँशु खस्ने बताएका छन् "हामी विश्वास गर्छौं केही समयभित्रै भागरथी हत्यारा, निर्मला हत्याकाण्डका अपराधीहरु यी सबैलाई अदालतको कठघरामा उभ्याएर सजाय दिनेछौं । अपराधबाट तिनीहरु उम्किन पाउने छैनन्" उनले भने । प्रधानमन्त्री ओलीले भागरथी, निर्मला पन्त हत्याकाण्डका दोषीलाई पानीमुनी गए पनि नछोड्ने बताए ।
उनले निर्मला र भागरथी हत्याकाण्डका दोषीलाई पानीमुनि गए पनि नछाड्ने बताए । पीडितहरुको न्यायका लागि सरकार कटिबद्ध लागिपरेको बताए ।
‘निर्मला र भागरथीका हत्याराहरुलाई पानीमुनि गएपनि छोडिँदैन, विश्वका जुनसुकै देश गएपनि छोडिँदैन । उनीहरुलाई कानुनी दायरामा ल्याइन्छ’, प्रधानमन्त्री ओली भने ।
ुतपाईंहरुको अगाडि म भन्न चाहन्छु, निर्मलालाई बलात्कार गरेर हत्या गर्ने कुरा होस् अथवा भागरथी हत्याकाण्ड होस्, यस्ता हत्याकाण्डका अपराधीहरुलाई पानीमुनि गए पनि छोडिने छैन । विश्वका कुनै पनि भागमा भागेर पुगे पनि छोडिने छैन । उनीहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गरेरै छोडिने छु, प्रधानमन्त्री ओलीले भने ।
बुटवलमा आयोजित आमसभामालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहलाई लक्षित गर्दै भने, ‘तपाइहरुँ कसैको पीडामा आँशु खसाउँनु हुँदैन, हामी जनताको पीडामा आँशु खसाउँछौँ ।’
उनले आफूहरुका कामले दाहाल–नेपाल समूह आत्तिएको, डराएको समेत बताए ।
प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहले जनतालाई झुक्याउने, तर्साउने काम गरेको बताउँदै अब ति दिन सकिएको बताए ।
‘जीवन केही होइन भनेर होमिन सिकाउने, टाउकोमा कात्रो बाँधेर हिड्न सिकाउनेहरुले आफू सत्तामा पुग्ने भर्याङमात्र बनाए, त्यो जगजाएर छ,’ प्रधानमन्त्री ओलीले भने ।
‘शाहदत भएका, अंगभंग भएकाहरु कस्तो अवस्थामा छन्, सबै पीडितको हालत के छ ?,’ ओलीले भने, ‘हिजो प्रचण्डले उचालेर झुटा सपना देखाएका घाइते लडाकु सबै प्रकारका पीडितलाई सम्मानपूर्वक परिचयपत्र वितरण गर्छौँ । उनीहरुका घरका एक सदस्यलाई योग्यताअनुसार रोजगारीको व्यवस्था गर्छौं ।’
प्रधानमन्त्री ओलीले देश अनुचित अवस्थामा जाने, अलोकतान्त्रिक प्रयासहरु जब आफ्नैभित्रबाट हुन थाले तब बहुमतको प्रधानमन्त्रीको हैसियतले संसद विघटन गरेको बताए ।
उनले भने, ‘प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरिएको हो ।’
उनले देशलाई अस्थिरतातर्फ अदालतले नफर्काउने आफूले विश्वास लिएको बताए । उनले भने, ‘हामी समृद्ध र सुशी नेपाल बनाउँछौँ, यस काममा जुट्न सबैलाई आग्रह गर्न चाहान्छु ।’