काठमाडौँ। सपना रोका मगरलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले विनयजंग बस्नेतलाई पक्राउ गरेको छ।बीबीसीको शक्तिशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई दुर्व्यवहार गरेको अभियोगमा महानगरीय प्रहरी परिसरको टोलीले बस्नेतलाई मंगलबार काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो। बस्नेतलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।
आफूलाई बस्नेतले युटुबमार्फत धम्की दिनुका साथै चरित्र हत्या गरेको भन्दै उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’समक्ष शान्ति सुरक्षासहित न्यायको माग गरेकी थिइन ।
बस्नेतले युट्युबमा आफ्ना नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि सपनाले उनीविरुद्ध गत आइतबार काठमाडौँ परिसरमा जाहेरी दिएकी थिइन ।
काठमाडौँमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए ।