काठमाडौं । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेना खटिएका छन् ।
सरकारले पूर्वप्रधानमन्त्री प्रचण्डलगायत भीभीआइपीहरूको सुरक्षामा खटिने सशस्त्र प्रहरीको संख्या कटौती गरेपछि युवा संघका नेता–कार्यकर्तालाई नै सुरक्षामा खटाएको संगठनका अध्यक्ष रामप्रसाद सापकोटा ले जानकारी दिए ।
सापकोटाले पुस ५ गते नेकपा औपचारिकरूपमै विभाजन भएसँगै राष्ट्रिय युवा संगठनका केन्द्रीय सचिव प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा १० जनाको ‘फोर्स’ प्रचण्डको ब्याकअप सुरक्षामा खटिएको उनी बताउँछन् । पाण्डे नेतृत्वको ‘दस्ता’ले ठूला सभामा सुरक्षा सहजीकरण गर्ने, मञ्चमा सुरक्षाको बन्दोवस्त मिलाउने गरेको उनको भनाइ छ ।
तर, केही दिनअघि राज्यले प्रचण्डलगायत पूर्वसरकार प्रमुखहरूको सुरक्षामा खटिने फौजको संख्यामा कटौती गरेपछि अगाडि आउनुपरेको उनको भनाइ छ ।
यसअघि प्रचण्डको सुरक्षाका लागि सशस्त्र प्रहरीका डीएसपीको कमान्डमा २६ र नेपाल प्रहरीका इन्सपेक्टरको नेतृत्वमा ४७ जनासम्म खटिएका थिए ।
अहिले त्यसमा कटौती गरेर सशस्त्र प्रहरीका १६ र नेपाल प्रहरीका २ जना उनको सुरक्षाका लागि खटिएका छन् । यतिले मात्रै सुरक्षा अपुग हुने देखिएर युवा संघले सहजीकरण गरेको दीपशिखा बताउँछन् ।