भक्तपुर । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्वर २ का सभापति एंव समाजसेवी नारायण भक्त खायमलीले एक विद्यायलयलाई शैक्षिक समाग्री हस्तान्तरण गरेको छ ।
भक्तपुर सुर्यविनायक १० स्थित चित्तपोलमा रहेको श्री बाल शिक्षा सदन आधारभूत विद्यायलका ८७ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक ट्रयाक सुट, र कपी कलम दिएका थिए । सोमवार एक कार्यक्रम गरि सभापति खायमलीले केहि विद्यार्थीलाई पोशाक हस्तान्तरण पछि बाकि रहेका पोशाक विद्यालयका प्रधानाध्यापक कपिक प्रसाद पराजुलीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा वोल्दै समापति खायमलीले समाजमा रहेर राजनिति गर्न आफुले राजनिति सँगै सामाजिक काम पनि गर्दै आएको जानकारी दिएका थिए । राजनिति गर्ने हरेक व्यक्तिले समाजसेवा गर्नुपर्ने उनको भनाई थियो । कक्षा ८ सम्म पढाई हुने यस विद्यायलयलाई स्तरनोति गर्दै कक्षा १२ सम्म पढाइ हुने गरि आफुले सक्दो सहयोग गर्ने उनले बताए ।
कार्यक्रममा कांग्रेस नेता एंव क्षेत्र २ का कोषाध्यक्ष अंगत खड्काले विद्यायलको वृती विकासमा आफ्नो सहयोग जारि रहने बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पराजुलीले विभिन्न दातृ निकायको सहयोग विना विद्यायल नै चलाउन मुस्किल भएकाले आउदा दिनमा पनि विद्यार्थी एंव विद्यालयलाई सहयोग जारी राख्न आग्रह गरे । भूकम्पले क्षेति पुर्याएको भवन बनाउन राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत शिक्षा समन्वय इकाइ मार्फत दुई वटा भवन मध्य एउटा सकाएको छ भने अर्को भवनको पुननिर्माण कार्य जारी रहेको छ ।