नेपाली कांग्रेस पार्टीलाई उद्धारकको आवश्यकता : बरिष्ठ नेता पौडेल

  • १४५
  • मंगलवार, १८ फाल्गुण २०७७


भक्तपुर । नेपाली कांग्रेसका बरिष्ठ नेता पार्टी भित्र पनि उद्धारकको आवस्यता भएकाले नेतृत्व लिन तल्लो तहवाट जो सुकै युवा पुस्ता आए पनि आफू फूलमाला लिएर स्वागत गर्न तयार रहेको बताएका छन । कोहि तयार नभए लोकतन्त्रलाई अलपत्र पारेर आफू जिम्मेवारी बाट पछि नहत्ने र नेतृत्व आफूले लिने उनको भनाई थियो । भक्तपुरमा आयोजित पूर्व जिल्ला सभापति विश्वनाथ मिश्रको १ सय ५ औं स्मृती कार्यक्रममा बोल्दै नेता पौडेलले संसदीय प्रणालीको निर्वाचनमा तत्कालिक सभामुख सुवास नेम्वांङको नाटकका कारण १७ पटक निर्वाचन गर्नुपरेको र आफू त्यो निर्वाचनमा पनि नहारेको बताए ।त्यो वेला आफू संसदीय दलको नेता भएकाले पार्टीले प्रधामन्त्रीका लागि उम्मेदवारी दिन भनेपछि एक पटकमात्रै उम्मेदवारी दिएको बताए ।
संसद पुनस्थापना पछि दलहरु भित्रै संसद किनवेचको विकृती फैलिएको बताउदै राजनितिक विकृतीवाट लोकतन्त्रलाई बचाउन लाग्नुपर्ने उनको भनाई थियो ।
संसद पुनस्थापना पछि नेपाली कांग्रेसले आफनो हैसियत विर्सनु नहुने उनले बताए । नेपाली कांग्रेस अहिले पनि सत्ताको विपक्षीमा रहेकाले केन्द्र र प्रदेश सरकारमा विपक्षीको भुमीका निर्वाह गर्न पर्ने उनले बताए ।
कम्युनिस्त पार्टीले आफनो टुंगो नलगाएसम्म नेपाली कांग्रेस सरकारमा जान नहुने उनले बताए । तर
संसदिय प्रकृयालार्ई अवरुद्ध गर्न नहुने भन्दै संसदिय प्रणालीलाई जोगाउन कांगेसले आफनो भूमिका इमान्दारिता पुर्वक निभाउनुपर्ने उनको भनाई थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रधामन्त्रीमै सुरक्षित नभएको मुलुकमा देश र जनाताको प्रधानमन्त्रीले कसरी सुरक्षा दिन सक्छन भन्दै प्रश्न गरे । उनले यस्तो अभिव्यक्ति दिने प्रधानमन्त्रीले तत्कालै नैतिकताको आधारमा राजिनामा दिनुपर्ने उनले बताए । कार्यक्रमा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, जिल्ला सभापति दुर्लभ थापा, पूर्व जिल्ला सभापति तथा पूर्व संसाद लेखनाथ न्यौपाने, वरिष्ठ पत्रकार कविर राणा लगाएतले स्वार्गिय विश्वनाथ मिश्र योगदानको चर्चा गरेका थिए ।
पार्टीले अव देश र पार्टी भित्रको नेतृत्वको युवा पुस्तालाई दिनुपर्ने बताए । कार्यक्रमा नेपाली कांग्रेस बालकोट उपशाखाका उपसभापति रवि राणाले विश्वनाथ मिश्र स्मृती प्रतिस्थानलाई ५० हजार ५ रुपैया सहयोग गरेको थियो । विश्वनाथ मिश्रको स्मृती जयन्तीका दिन आज रक्तदान कार्यक्रम समेत गरेको थियो

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.