आज ९० अंकले बढ्यो नेप्से, कारोबार रकम भने ६ अर्ब

  • ८१
  • बिहीवार, २० फाल्गुण २०७७


काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेर हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने सबै समूहका सबइन्डेक्सहरु बढेका छन् । सेयर कारोबार मापक नेप्से परिसूचक ९० दशमलव ६७ अंकले उकालो लागेर २ हजार ५ सय ६ दशमलव ६८ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ दशमलव ६७ अंकले उकालो लागेको छ । यस अघि बुधबारको कारोबारमा नेप्से परिसूचक ३९ अंक भन्दा धेरैले गिरावट आएको थियो । पछिल्लो केहि दिन यता निरन्तर जसो घटेको बजार बिहीबार भने ठूलो अंकले उकालो लाग्दा लगानीकर्तामा सकारात्मक संदेश गएको छ ।

 


नेप्से परिसूचक बढे पनि कारोबार रकम भने ६ अर्ब रुपैयाँमा सिमित भएको छ । बुधबारको तुलनामा २५ करोड रुपैयाँ भन्दा धेरैले सेयर कारोबार रकम घटेको छ । दिनभर भएका ६५ हजार १७४ कारोबारबाट २०६ कम्पनीका १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबार रकम भने ६ अर्ब ५ करोड ८१ लाख ४ हजार ३१७ रुपैयाँ पुगेको छ । केहि दिन यता बजार घट्दा समेत बढ्दै आएको व्यापार समूहको सबइन्डेक्स बिहीबार पनि ७ प्रतिशतभन्दा धेरैले बढेको छ । यो नै बिहीबारको सबैभन्दा धेरै बढ्ने समूह हो ।

त्यसपछि अन्य समूहमा रहेका कम्पनीहरुको सबइन्डेक्स ५ दशमलव ४४ प्रतिशतले, लगानी समूह ५ दशमव २६ प्रतिशतले र लघुवित्त समूहको सबइन्डेक्स ५ दशमलव ०६ प्रतिशतले उकालो लागेको छ । जलविद्युत समूह ४ दशमलव ७८ प्रतिशतले उकालो लाग्दा जीवन बिमा ३।५, बैंकिङ २।९६, होटल तथा पर्यटन २।९९, विकास बैंक २।४७ र फाइनान्स २।७८ प्रतिशतले बढेको छ ।

धेरै कमाउनेमा बिहीबार पनि चन्दांगिरी हिल्स कम्पनीकै लगानीकर्ताहरु देखिएका छन् । केहि दिन यता यस कम्पनीको सेयर मूल्य लगातार बढिरहेको छ । बिहीबार १० प्रतिशत अर्थात ५५ रुपैयाँले बढेर चन्द्रागिरीको सेयर मूल्य ६ सय ५ रुपैयाँ पुगेको छ ।

दोस्रोमा लिबर्टी इनर्जी र तेस्रोमा सुर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि १० प्रतिशतले नै बढेको नेप्सेले जनाएको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.