कांग्रेसको नेतृत्व स्विकार गरे नेपाली कांग्रेस सरकारमा जाने : सह महामन्त्री महत

  • १३९
  • शनिबार, २२ फाल्गुण २०७७


भक्तपुर । नेपाली कांग्रेसका सह महामन्त्री प्रकाश शरण महतले आवश्यकताको आधारमा मात्रै कांग्रेसको नेतृत्वमा सरकारमा जाने बताएका छन ।
भक्तपुरमा आयोजित नेपाल प्रेस युनियन उपत्यका प्रदेश स्तरीय भेलामा बोल्दै सह महामन्त्री महतले नेपाल कम्युनिस्त पार्टी आधिकारीक रुपमा पार्टी नफुटेको अवस्थामा नेपालीका कांग्रेको आवश्यकता नपर्न सक्ने बताए । तर नेपाली कांग्रेसको नेतृत्व जसले स्विकार गर्छ उसलाई साथमा लिएर सरकारमा जाने बताएका हुन । भोली प्रतिनिधि सभाको बैठक बसे पनि भोलीनै केहि नहुने उनले बताए । नेपाली कांग्रेस कुनै गुटको नेतृत्वमा सरकार र पत्रकार महासंघको निर्वाचनमा नजाने उनले स्पस्त पारे ।
आसन्न नेपाल पत्रकार महांसघको निर्वाचन नजिकिदै गर्दा महांसघको निर्वाचनमा समेत प्रेस युनियनको नेतृत्व स्विकार गर्ने गुट सँग सहकार्य गरेर चुनावमा जना नेतृत्वलाई आग्रह गरेका छन । जसले सहज सर्तमा नेतृत्वको स्विकार गरेर आउँछ त्यसलाई साथमा लिएर चुनावमा जाने आग्रह गरेका छन ।
नेकपाको दुई धार भएपनि विभिन्न संघ सस्थाको निर्वाचनमा नेकपा एक भएर चुनाव लडेको उदाहरण दिदै भने नेकपाको भर हुदैन त्यसैले तत्कालै विश्वास पनि गर्न नहुने उनको भनाई थियो ।  कार्यक्रममा नेपाल प्रेस यनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देले आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा आधिकारीक उम्मेदवारलाई सहयोग गर्न र बागी उम्मेदवार उठ्ने जो सुकै लाई कारवाही गर्ने बताए । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले महासंघको निर्वाचनमा पत्रकारीता क्षेत्रमा सकृय उम्मेदवारलाई प्रेस युनियनले महांसको नेतृत्वमा पठाउनुपर्नेमा जोड दिए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.