काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
बैठकले संसद् बैठकको रणनीति तय गर्ने बताइएको छ । प्रतिनिधिसभाको बैठक भोलि अपराह्न ४ बजे बोलाइएको छ ।
नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक भने शुक्रबार बसेको थियो । बैठकले उक्त समूहका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुलाई संसदीय दलको नेता बनाएको छ । गएको पुस ५ गतेयता नेकपा दुई समूहमा विभाजित छ ।