प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गर्दै

  • १००
  • शनिबार, २२ फाल्गुण २०७७


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोरोनाविरुद्धको खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गर्दैछन् ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान १० बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए ।

भोलिदेखि संवैधानिक निकायका पदाधिकारीहरुले समेत खोप लगाउने बताइएको छ ।

यो चरणमा ६५ वर्षमाथिका १६ लाख नागरिकलाई आइतबारबाट ६ हजारभन्दा बढी खोप केन्द्रबाट दोस्रो चरणको खोप खोप लगाउने योजना मन्त्रालयको छ । १५ वटा हिमाली जिल्लाका ५५ वर्ष माथिकालाई पनि आइतबारदेखि नै खोप लगाइने सचिव अर्यालले जानकारी दिए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.