भक्तपुरका ४२ स्थानबाट कोरोनाविरुद्धको खोप लगाइने

  • ११४
  • शनिबार, २२ फाल्गुण २०७७


भक्तपुर। कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत फागुन २३ गतेदेखि सञ्चालन हुने दोस्रो चरणको खोप अभियानमा भक्तपुरका ४२ स्थानबाट खोप लगाइने भएको छ ।

भक्तपुरका ४२ स्थानबाट खोप लगाउन सकिने व्यवस्था मिलाएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

चाँगुनारायण र सूर्यबिनायक नगरपालिकाका ११र११ तथा मध्यपुर थिमि र भक्तपुर नगरपालिकाका १०र१० स्थानबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइने कार्यालयका प्रमुख कृष्ण बहादुर मिजारले जनाएका छन् । उनका अनुसार दोस्रो चरणका लागि जिल्लामा ५ हजार ९३९ खोप भाइल, ५९ हजार ३९१ सिरिज र ५९४ वटा सेफ्टी बक्स प्राप्त भइसकेको छ ।

अभियानका क्रममा ६५ वर्षमाथिका र पहिलो चरणमा छुटपुट भएका अग्रपङ्क्तिमा खटिनेलाई पनि खोप लगाइने छ ।

 

। जिल्लामा अहिले ५५ वर्षमाथिका ४६ हजार ६८०, शिक्षक शिक्षिका ३ हजार ६२१ जना, औषधी पसलका कर्मचारी २०० जना, सार्वजनिक गाडीका चालक र सहचालक ७१० जना तथा पहिलो चरणमा छुटेको २ हजार २९४ जना गरी जिल्लामा कूल ५३ हजार ५०५ जनालाई खोप लगाएइने छ ।
खोप अभियानमा ४२८ स्वास्थ्यकर्मी र १ हजार २८४ स्वयंसेवी स्वास्थ्यकर्मी परिचालन हुनेछन् ।

फागुन २३ गतेदेखि २९ गतेसम्म चल्ने दोस्रो चरणको खोप अभियानलाई सम्पन्न गर्नका लागि पालिकास्तरीय खोप समन्वय समितिलाई सक्रिय बनाइएको छ । खोपका लागि उमेर पुगेको परिचयपत्र अनिवार्य मागिने छ ।

जिल्लामा केही दिन अघि दिइएको तथ्यांकअनुसार कोरोना संक्रमितको सङ्ख्या ९ हजार ५७४ जना पुगेको छ भने सक्रिय संक्रमित ४४ र संक्रमितमध्ये १२७ को मृत्यु भएको कार्यालयले जनाएको छ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.