ओलीले वामदेवलाई भने- एकताको पक्षमा नलाग्नोस्

  • १८३
  • शनिबार, ७ चैत्र २०७७


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी एकताको पक्षमा नलाग्न आग्रह गरेका छन् । एकताको पक्षमा लागेर केही उपलब्धि नहुने उनको भनाइ थियो ।

एमाले संसदीय दलको आज बालुवाटारमा बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षले एकता नचाहेको जिकिर गरेका हुन् । एमाले अहिले स्पष्ट रुपमा दुई समूहमा विभाजित छ ।


"एकताको पक्षमा लागेर केही हुन्न । उनीहरु एकता चाहँदैनन् भन्ने कुरा अब त बुझ्नुभयो होला । अब त्यता नलाग्नोस्" ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने ।

संसदीय दलको बैठकमा पुगेका गौतमलाई ओलीले स्वागत गरेका थिए ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.