मेला, जात्रा तथा साँस्कृतिक कार्यहरु सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यलय भक्तपुरको आग्रह

  • ६२१
  • बुधबार, ११ चैत्र २०७७

भक्तपुर । जिल्ला प्रशासन कार्यलय भक्तपुरले भिडभाड हुने गरि कुनै किसिमको मेला, जात्रा, साँस्कृतिक कार्यहरु लगायतका कामहरु अर्को सुचना नभएसम्म नगर्न आग्रह गरेको छ ।
छिमेकी मुलुक भारतका विभिन्न प्रान्तहरुमा कोभिड–१९ को संक्रमण बढिरहेको र नेपालमा पनि यसको जोखिम बढ्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यलय भक्तपुरले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
फागु पूर्णिमा होली को अवसरमा भिडभाड हुन नदिन स्वास्थ्य तथा सुरक्षा सम्बन्धि मापदण्ड पालना गरेर मात्र सुरक्षित रुपमा पर्व मनाउन जिल्ला प्रशासन कार्यलयले आग्रह गरेको छ । भक्तपुरमा हुने यस बर्षको विस्का जात्रा समेत प्रभावित हुन सक्ने प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिएका छन् ।


कोभिड–१९ को संक्रमणको सम्भावनालाई रहेको भन्दै पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्ने तथा स्वास्थ्य युनिटहरुलाई समेत आवश्यकता अनुसार तल्काल परिचालन गर्ने गरी तयारी अवस्यामा राख्न स्वास्थ्य कार्यलयलाई आग्रह समेत गरिएको छ ।

साथै मापदण्ड पालना गरेर मात्रै सुरक्षित रुपमा पर्वहरु मनाउन सम्बन्धि सबै स्थानिय तहहरुले व्यापक रुपमा प्रचार प्रसार गर्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.