उपत्यकामा भेला, जात्रा र मेलामा रोक, होली घरभित्रै खेल्नुपर्ने

  • ९५
  • बिहीवार, १२ चैत्र २०७७


काठमाडौं । काठमाडौं उपत्यकामा भेला, जात्रा र मेलामा रोक लगाइएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि अर्को व्यवस्था नभएसम्मका लागि भेला, जात्रा र मेलामा रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले अर्को सूचना जारी नभएसम्मका लागि भेला, जात्रा र मेलामा रोक लगाएको छ । फागुपूर्णिमा ९होली०मा भिडभाड हुन नदिन स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको पालना गरेर मात्र सुरक्षित रुपमा पर्व मनाउनसमेत जिल्ला प्रशासन कार्यालय भक्तपुरले आग्रह गरेको छ ।

 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने घरभित्रै होली मनाउन आग्रह गरेको छ । प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सार्वजनिकस्थलमा भिडभाड नगर्ने, फागु पर्वको अवसरमा सार्वजनिकस्थलमा भिडभाड नगर्ने, होली पर्वलाई आफ्नो घरभित्र नै सीमित रही सामाजिक सांस्कृतिक मर्यादाअनुसार खेल्ने ।”

यस्तै, घरबाहिर तथा सार्वजनिक स्थान, सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र भौतिक दूरी कायम गर्न समेत आग्रह गरिएको छ । प्रशासनको विज्ञप्तिमा भारतमा कोरोना संक्रमण बढ्दै गएकाले त्यसको प्रभाव काठमाडौं उपत्यकामा समेत देखिन थालेको उल्लेख छ ।


जिल्ला प्रशासन कार्यालय ललितपुरले भने राति ११ बजेपछि सबै रात्रिकालिन व्यवसाय सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । कोरोना संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै पहिले सञ्चालनमा आएका क्वारेन्टिन र आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राखिएको छ । प्रशासनको विज्ञप्तिमा मास्क प्रयोग नगर्नेलाई संक्रामक रोग ऐन, २०१९ अनुसार कारबाही गरिने उल्लेछ छ ।

पछिल्लो एक सातायता नेपालमा पनि कोरोना संक्रमण दर विगतको तुलनामा केही बढ्दै गएको पाइएको छ । भारतमा कोरोनाको दोस्रो लहर सुरु भएपछि केही राज्यहरुमा पुनः लकडाउन गरिएको छ ।

भारतमा रहेका नेपालीहरु स्वदेश फर्कँदा संक्रमणको जोखिम बढ्न सक्ने भन्दै सीमानाकामा समेत कडाइ गरिएको छ । भारतबाट आएकाहको ‘ट्राभल हिस्ट्री’ राख्ने, ज्वरो जाँच गर्नेलगायतका काम सीमानाकामा सुरु गरिएको छ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.